बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा

छहारी संवाददाता
अशोज १४, २०७८

बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अछामका धेरैजसो स्थानमा वर्षा भएको मौसमविद्सले बताएका छन् ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँकम हल्का वर्षा हुने अनुमान गरिएको छ ।

भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमा महासाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*