बारामा आमासँगै पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

छहारी संवाददाता
अशोज १३, २०७८

बारा । पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका–१ ढाट टोल बस्ने जितन मुखियाकी ५ वर्षिय छोरी सुमन कुमारीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बुधबार साँझ जितिया पर्वका लागि सोही स्थानमा रहेको पोखरीमा उनी आफ्नो आमासँगै नुहाउन गएकी थिईन् । सोही क्रममा उनी पोखरीमा डुबेपछि उनकी आमाले उपचारको लागी नगर अस्पताल सिम्रौनगढमा लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

मृतक बालिकाको शव सोही अस्पतालमा रहेको प्रवक्ता मिश्रले जानकारी दिए । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी निरीक्षक दिपक सुबेदीको कमाण्डमा मुचुल्का सहितको टोलीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*