पानीमा डुबेर एक जनाको मृत्यु

छहारी संवाददाता
अशोज १२, २०७८

बारामा पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिँचाईका लागि बनाईएको ड्याममा डुबेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रका अनुसार सो ड्याममा पौडी खेल्ने क्रममा जितपुर सिमरा–१ बस्ने ४३ वर्षिय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट, डुमरवाना र ईलाका प्रहरी कार्यालय, सिमराबाट ६ जनाको प्रहरी टोली खटिएको थियो । सो टोलीले स्थानियको सहयोगमा कार्कीको शव ड्यामबाट निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*