साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घट्यो

छहारी संवाददाता
अशोज ११, २०७८

साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ।

आज ७३.०५ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। सेयर बजार २.६७ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएको हो।

आज १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। आज पनि करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको छ।

हिजो आइतबार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज सबै समूह घटेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३९.२८ अंकले घटेको छ। साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*