प्रदेश २ का महिलालाइ असोज १३ गते बुधबार सार्वजनिक विदा
प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएको अनलाइन खबरले लेखेको छ । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिएका छन् ।







