बारामा आगलागीबाट २ लाख ४० हजार बराबरको क्षति
बाराको महागढीमाई नगरपालिका–१ बरियापुर बजारमा भएको आगलागीबाट २ लाख ४० हजार बराबरको क्षति भएको छ । आज बिहान १ः२० मिनेटको समयमा उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेको ३ जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार अचानक बिजुलीको तार सर्ट भई घरभित्र आगलागी भएको हो । सो आगलागीबाट विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा रहेको २ थान ब्याट्री ईन्भटर, मोबाईल, १ थान ल्यापटप, १ थान र बुफर गरि १ लाख ५ हजार बरारको क्षति भएको छ ।
यसैगरी, जितेन्द्र कुश्वाहाको टि.भि.पसलमा रहेको पंखा, ७ वटा टि.भि., २ वटा एलसिडी र २ वटा एलईडी गरि ९५ हजार बराबरको क्षति भएको छ । त्यस्तै, उपेन्द्र कुमार गुप्ताको मोटरसाईकल, टि.भि. र मिटर जलेर नष्ट हुँदा ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।







