नागस्वतिमा जारी टोल स्तरिय फूटबलको दोश्रो दिन दुई खेल सम्पन्न

ओम् फुयाल(अनिश आयु बाबा)
११ आश्विन २०७८, सोमबार १५:०४

हेटौंडा ७ नागस्वतिमा जारी टोल स्तरिय फूटबल प्रतियोगिताको दोश्रो दिन आज २ ओटा खेल सम्पन्न भएको छ ।

पहिलो खेलमा स्मृति किरण चोक र बनदेवी टोल फूटबल टिमबीच प्रतिष्पर्धा भएको थियो । दिउँँसो २ बजे सुरु भएको खेलमा बनदेबी फूटबल टिमले स्मृति किरण चोकलाई २-१ गोलले पराजित गरेको छ । बनदेबीका लागि बिनोद घिमिरेले खेल सुरु भएको २ मिनेटमा १ गोल गरेका थिए ।

खेलको १८ औं मिनेटमा स्मृति किरण चोक टिमका लागि उज्जवल अर्यालले सानदार गोल फर्काए । तर खेलको २६ औं मिनेटमा बनदेवी टिमको लागि उदिप थापाको अर्को गोल निर्णयक बन्यो । उक्त खेलमा बनदेबी फूटबल टिमका बिनोद घिमिरे म्यान ओफ दि म्याच बन्न सफल भए ।

यसैगरी आजै अग्राठे टोल फूटबल टिम र हरियाली फुटबल टिम बीच भएको दोस्रो खेलमा ६-० गोल अन्तरले अग्राठे टोल फूटबल टिम बिजयी भएको छ । उक्त खेलमा अमित भ्लोनले सर्बाधिक ३ गोल गरेका थिए भने बाँकी २ गोल हेमन्त तामाङ्ग र १ गोल ससिम थिङ्गले गरेका थिए । उक्त खेलमा जर्सी न ८० का अमित भ्लोन म्यान ओफ दि म्याच घोषित भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*