चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन
चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । भासिनको ७५ वर्षको उमेरमा आज बिहान तीन बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
भासिन क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै कविताले कठिन परिस्थितिका बाबजुद पनि उहाँले जीवनलाई उत्सवमय बनाएको उल्लेख गर्नुभएको छ ।
महिला अधिकारको क्षेत्रमा ठूलो योगदान पुर्याएकी भासिनले ‘सङ्गत’ नेटवर्कमार्फत अभियान चलाउनुभएको थियो । भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले भारतीय महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाउनुभएको थियो । भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता हो। साभारः उज्यालो अनलाइन ।







