भन्सार छलेर ल्याईएको सामान र ट्रकसहित एक जना पक्राउ

छहारी संवाददाता
अशोज ७, २०७८

भन्सार छलेर ल्याईएको सामान र ट्रकसहित एक जना वीरगंजबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१४ बस्ने ४२ वर्षिय प्रमानन्द प्रसाद कुर्मी रहेका छन् ।

मंगलबार राती वीरगञ्ज–८ लालबंगला सडक हुँदै गईरहेको ना.२ ख. ९७३७ नम्बरको मालवाहक ट्रकसहित कुर्मी पक्राउ परेका हुन् ।

सो ट्रकमा मेडिकल र खुद्रा सामानहरु भन्सार छली गरी वीरगञ्जबाट जनकपुरतर्फ लाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ट्रकलाई चेकजाँच गरेको थियो ।

जाँचको क्रममा ट्रकमा लोड रहेको मालबस्तुहरुको बिलविजक नरहेको प्रहरीको भनाई छ । सो सामान र ट्रकको ६० लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*