पर्सामा लागुऔषधसहित ४ जना पक्राउ

छहारी संवाददाता
अशोज ७, २०७८

प्रहरीले पर्साबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बर्दियाको गुलरिया घर भई हाल चितवनको भरतपुर महानगरपालिका–२२ बस्ने २२ वर्षिय राजेश थारु र सोही पालिका वडा नम्बर ७ बस्ने ३२ वर्षिय सुरेश नेपाली रहेका छन् ।

शंकित रुपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले वीनपाईरेक्स सिरफ १ सय एमएलको १२० बोतलसहित पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, मंगलबार साँझ वीरगंज–१६ शंकराचार्य गेटस्थित सडकबाट पनि प्रहरीले २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा लागुऔषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने २३ वर्षिय सुरज पासवान र कन्चनपुरको भिमदत्त नगरपालिका–१६ बस्ने २१ वर्षिय लक्ष्मण बिष्टलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई रोकेर चेकजाँच गर्दा ३.४० ग्राम लागुऔषध खैरो हिरोईन फेला परेको जनाएको छ । उक्त लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई बुधबार पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरीएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*