करेन्ट लागेर एकको मृत्यु
छहारी संवाददाता
अशोज ७, २०७८
बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल बस्ने ३४ वर्षिय सर्फुदीन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बिहीबार बिहान आफ्नै निर्माणाधिन घरमा मोटरबाट पानी हाल्न मोटर चलाउन लाग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी नारायणी अस्पताल बिरगंज लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए । उनको शव नारायणी अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।







