पहिरोमा पुरिँदा गएराति एकै परिवारका तीन जनाको मृत्यु

छहारी संवाददाता
अशोज ६, २०७८

गुल्मीमा पहिरोले घर पुरिँदा गएराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रेसुंगा नगरपालिका ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा, जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु घरको एउटै कोठामा सुतेका थिए । पहिरो हटाएर शव निकालिएको प्रहरीले जनाएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*