३९ लाख रुपैयाँ बराबरको चाँदीसहित एक जना पक्राउ

छहारी संवाददाता
अशोज ५, २०७८

रौतहट । प्रहरीले ३९ लाख रुपैयाँ बराबरको चाँदीसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–२ बस्ने ३५ वर्षिय बिध्यानन्द साह सोनार रहेका छन् ।

आज बिहान गौर नगरपालिका–४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको हो । विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस काउण्टरबाट पश्चिाम तर्फ आउँदै गरेका सोनारले बोकेको झोला प्रहरीले जाँच गर्दा ४० के.जी. चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

सोनारलाई नियन्त्रणमा लिई धातुहरु सुन चाँदी व्यवसायी संघबाट परीक्षण गराईएको र सोको मुल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जनाएको छ । चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*