प्रतिलिपि अधिकार ऐनविरूद्ध कसुरमा अन्नपूर्ण मसला उद्योगका सञ्चालक पक्राउ

छहारी संवाददाता
अशोज ५, २०७८

पर्सा । बढी नाफा कमाउने उद्देश्यले अर्को कम्पनीको स्टिकर आफ्नो कम्पनीको मसलामा टाँस गरेर बिक्रि गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ बस्ने अन्नपूर्ण मसला उद्योगका सञ्चालक ३० वर्षीय रोहित साह कानु रहेका छन् ।

उनले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरेर बिक्री वितरण गर्ने गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको हो । सोही सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिलिपि अधिकार ऐनविरूद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको हो ।

अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका ६ सय ५४ पोका मसला, १० बोरा कच्चा मसलाहरू, १ थान मसला पिस्ने मेसिन र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेका उनीमाथि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*