रासायनिक मल खरिद गर्न सरकारले थप्यो तीन अर्ब बजेट
सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको उनको भनाइ छ । बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको प्रवक्ता सञ्जेलले बताए ।
बाली तथा पशु बिमाका लागि थप ३५ करोड
बजेटले बाली तथा पशु बिमामा अनुदानको आकार बढाएसंगै ३५ ककरोड रुपैयाँ अतिरिक्र बजेट पनि थप भएको छ । कृषि बाली तथा पशु बिमाको प्रिमियम अनुदान ५० बाट बढाएर ८० प्रतिशत पुर्याइएपछि थप ३५ करोड बजेट उक्र शीर्षकमा थप भएको मन्त्रालयले जनाएको छ । साभारः अनलाइन खबर डटकम ।







