सुनको मूल्य प्रति तोला २ सय रुपैया घट्यो
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोला २ सय रुपैयाले घटेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुन तोलाको ८९ हजार एक सयमा कारोवार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको महासंघले जनाएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५० रुपैयामा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैया थियो ।







