संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि हुने शान्तिपूर्ण प्रदर्शनमा डा. केसीले अगुवाइ गर्ने

छहारी संवाददाता
अशोज ४, २०७८

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आउनु भएका डाक्टर गोविन्द केसीले सोमबारदेखि अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागीता जनाउनु हुने भएको छ । त्यसको लागि डा केसी न्यूयोर्क पुगिसक्नु भएको जनाइएको छ । केसी बिहीबार अमेरिका प्रस्थान गर्नु भएको थियो ।

उहाँ अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि विश्व शान्ति दिवसको अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने जनाइएको छ ।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उहाँको अगुवाइमा सेप्टेम्बर २० (सोमबार)र २१ (मंगलबार) मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुनेछ ।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ्य र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइने जनाइएको छ। सोलिड्यारिटी फर डा। केसी एलाइन्सको आयोजनामा प्रदर्शन हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*