नेकपा माओवादी केन्द्र मकवानपुरगढी २ को अध्यक्षमा न्यौपाने

वाइसीएल वडा कमिटिमा थापा, महिला समितिमा मगर र किसान संगठनमा चौरेल चयन
छहारी संवाददाता
३ आश्विन २०७८, आईतवार १७:२८

नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

भेलाले धर्मराज न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा जित बहादुर लो, सदस्यहरुमा राम बहादुर लुङ्वा,केशव प्रसाद गौतम, सीता थापा मगर, धन बहादुर बिक लगायत रहेका छन् ।

यस्तै भेलाले श्याम कुमार थापाको अध्यक्षतामा ४५ सदस्यीय वाइसीएल वडा कमिटि र रम्बादेवी राना मगरको संयोजकत्वमा महिला समिति र अर्जुन चौरेलको संयोजकत्वमा किसान संगठन गठन गरेको छ । भेला तथा प्रशिक्षण कार्यक्रम नकेपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।

भेलामा नेकपा माओवादी केन्द्र मकवानपुरका नेता आशा नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर सदस्य सन्देश तुम्सिङ्ग मगर लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*