हेटौंडा १ चाईनाक्वाटरबाट ७ जना जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा १ चाईनाक्वाटरका राकेश केसीको घरमा जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई नगद रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घर धनि ३७ वर्षका राकेश केसी, ४२ वर्षका रमेश श्रेष्ठ, ३८ वर्षका प्रदिप जंग पण्डित, ४० वर्षका पदम बहादुर भण्डारी, ३६ वर्षका बाबु कृष्ण उप्रेति, ३१ वर्षका दिपेन्द्र कुमार मिश्र र ५५ वर्षका एकबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तास खेलिरहेको स्थानबाट ४ बुक तास, नेपाली रुपैया २६ हजार ९ सय ८५ र १ हजार ५ सय भारतीय रुपैया समेत बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







