माओवादी कै मुद्धामा देश चलिरहेको छः सांसद कुमारी मोक्तान

जग्गा माफियाको हातमा जान लागेको जग्गा रोक्न सुकुम्बासी आयोग बिगठन जरुरी थियोः सांसद मोक्तान
छहारी संवाददाता
अशोज २, २०७८

बागमती प्रदेशकी सांसद कुमारी मोक्तानले पूर्वमा रहेको चिया बगान लगाएतको जग्गा व्यक्तीकरण हुनबाट रोक्नको लागि सुकुम्बासी आयोग बिगठन हुन जरुरी रहेकोले बिगठन गरेको बताउनुभएको छ ।

माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ४ को वडा सम्मेलन उद्घाटन गर्दै सांसद मोक्तानले राष्ट्रिय मुद्धाहरु स्थापित गर्नका लागि र राष्ट्रघाती गतिबिधी रोक्नका लागि पनि माओबादी नै चाहिने बताउनुभयो । उहाँले माओवादी मुद्धामा नै देश चलिरहेको समेत दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले माओवादी केन्द्रले हार्दा महिला, जनजाती, दलित, पिछडिएका लगाएतका मुद्धाले हार्ने भएको कारण जनस्तरबाट पार्टीलाई माथी उठाउन आग्रह गर्नुभयो । सम्मेलनले अजिब भट्टराईको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा शान्ति श्रेष्ठ, सह सचिवमा बिमल श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका देउला रहनुभएको छ ।

त्यसैगरी सोही भेलाबाट २१ सदस्यीय अखिल क्रान्तिकारी हेटौंडा ४ वडाकमिटी समेत गठन भएको छ । गंगा अर्यालको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा शान्ता थापा, सचिवमा साबित्री लामिछाने, कोषाध्यक्षमा गिता खनाल निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र हेटौंडा ४ का संयोजक हरी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*