रौतहटमा मोटरसाईकल चोरेको आरोपमा एक जना पक्राउ

छहारी संवाददाता
अशोज १, २०७८

रौतहट । मोटरसाईकल चोरी गरि लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका–५ बस्ने रुपक झा रहेका छन् । आज जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गौर नगरपालिका–३ वि.पी.चोकस्थित ना.५२.प १५९८ नम्बरको मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरेर लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

झालाई उक्त मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*