दुर्घटनामा थाहाका वडा सदस्य प्रधानको मृत्यु
पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा गएराति ट्रक दुर्घटना हुँदा थाहा नगरपालिका १ का वडा सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।
पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक गएराति पौने १२ बजे थाँक्रे गाउँपालिका–८ मा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक खस्न लागेपछि हामफाल्ने क्रममा प्रधानको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । ट्रक सडकबाट करिब ७० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।







