रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

छहारी संवाददाता
भदौ ३१, २०७८

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा सडकबाट करीब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिनुभयो।

दुर्घटनामा ओखलढुंगा घर भएका लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्दाजी १२ वर्षका बालक पेम्बा शेर्पा गम्भीर घाइते भएका छन् । उनको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*