बोक्सी भन्दै महिलामाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
सिरहा । बोक्सी भन्दै महिलामाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिरहा नगरपालिका–१२ सारस्वर बस्ने ४५ वर्षीय लखन साह रहेका छन् ।
स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएपछि उनले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपिट गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
पक्राउ परेका साहले ती महिलाले नै टुनामुना गरेकोले आफ्नो नातिनी बिरामी भएको भन्दै महिलामाथि कुटपिट गरेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिरहा, जिल्ला प्रहरी कार्यालय, सिरहा, बोक्सी, कुटपिट, छहारी नेटवर्क,







