सिरहाबाट ५ किलो चाँदीसहित २ भारतीय पक्राउ
सिरहा । प्रहरीले सिरहाबाट चाँदीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतो छन् ।
लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट उनीहरुलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







