४० लाखको भंसार छलीका सामानसहित एक जना पक्राउ

छहारी संवाददाता
भदौ ३१, २०७८

पर्सा । भन्सार छली चोरी पैठारी गरी ल्याएको हार्डवेयर सामानहरूसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देउचुली नगरपालिका–५ बस्ने २५ वर्षिय घनश्याम भट्ट रहेका छन् ।

मंगलबार राती वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर सडकखण्डबाट ना.८ ख ६४५७ नम्बरको मालवाहक ट्रकमा भंसार छली गरि लैजाँदै गरिएको पेन्ट तथा हार्डवेयरका सामानहरु प्रहरीे नियन्त्रणमा लिएको हो ।

भन्सार छली चोरी पैठारी गरी चितवन तर्फ लाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ट्रकलाई जाँच गर्दा सो सामानहरुको बिलविजक नरहेकोको प्रहरीको भनाई छ ।

प्रहरीले उक्त ट्रक र सामानको ४० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*