पर्सामा कक्षा १२ को परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

छहारी संवाददाता
भदौ ३१, २०७८

पर्सा । कक्षा १२ को परीक्षा दिने एक जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका-४ बस्ने २० वर्षिय राजचन्द्र दास रहेका छन् ।

बुधबार पर्सागढी-४ स्थित श्री नेपाल राष्ट्रिय मा.वि. मा सञ्चालन भइरहेको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दासको स्थानमा राजचन्द्र दासले परीक्षा दिईरहेका थिए ।

सन्दीपको स्थानमा अर्कै व्यक्तिले परीक्षा लेखिरहेको शङ्का लागेपछी परीक्षा केन्द्रमा खटिएका शिक्षकले प्रहरीलाई खबर गरेका थिए । सोही सुचनाको आधारमा प्रहरी चौकी बढनिहारबाट खटिएको टोलीले प्रवेशपत्रमा सन्दीपको फोटो उक्काई आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको पाईएको प्रहरीले जनाएको छ ।

नक्कली परीक्षार्थी राजचन्द्रलाई नियन्त्रणमा लिई शिक्षा (नवौँ संशोधन) ऐन २०७४ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*