वीरगंजमा हुण्डी रकमसहित ज्वेलर्सका संचालक र कामदार पक्राउ

छहारी संवाददाता
भदौ ३१, २०७८

पर्सा । हुण्डी कारोबार गरेको आरोपमा वीरगंजस्थित एक ज्वेलर्सका संचालकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्वेलर्सका संचालक पर्साको वीरगंज महानगरपालिका–६ बस्ने ४५ वर्षिय कन्हैया प्रसाद सोनार र सोमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका–३ बस्ने २० वर्षिय दिपक कुमार सर्राफ रहेका छन् ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार दिउँसो वीरगञ्ज–६ माईस्थान चोकमा सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरीभित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने सुच्ना प्राप्त भएको थियो ।

सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले उक्त ज्वेलर्सभित्र खानतलासी गर्दा श्रोत नखूलेको नेपाली ३८ लाख ५१ हजार १ सय रुपैयाँ फेला परेको हो ।

पक्राउ परेका उनीहरुमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*