महिला अधिकारको लागि लड्ने एउटै पार्टी माओवादीः कुमारी मोक्तान
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले महिलाको अधिकारका लागि लड्ने एउटै पार्टी माओवादी भएको बताउनुभएको छ ।
सोमबार अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिको दोस्रो सम्मेलन उद्घाटन गर्दै मोक्तानले महिलाको सक्रियताले नै पार्टी मजबुत हुने बताउनु भयो । मोक्तानले सामन्तबादी संस्कार तोड्नका लागि महिलाहरु नेतृत्वमा आई समानतामुलक संस्कारको विकास गराउन अखिल नेपाल महिला संघ क्रान्तिकारी समग्र महिलाले नेतृत्व गर्नपर्ने बताउनु भयो ।
रिता कार्कीको सभाध्यक्षतामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरको दोस्रो सम्मेलनमा नेकपा माओबादी केन्द्र बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला समन्वय समिति सदस्य प्रमिला लामा, थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य सीता मगर, लक्ष्मी माझी, मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी पाख्रीन, माओबादी केन्द्र थाहा नगर कमिटि सदस्य इच्छा पुर्ण कार्की, मनोज कुमार अधिकारी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।







