अनेम संघ क्रान्तिकारी थाहा नगर कमिटिको अध्यक्षमा गोपाली सर्वसम्मत चयन

छहारी संवाददाता
२८ भाद्र २०७८, सोमबार १९:५१

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिको अध्यक्षमा शकुन्तला गोपाली सर्वसम्मत चयन हुनु भएको छ ।

सोमबार विकासघर शिखरकोटमा भएको महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिको दोस्रो सम्मेलनले गोपालीको अध्यक्षतामा ५५ सदस्यीय थाहा नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा मिना कुमारी स्याङ्तान, मिरा खड्का, सचिवमा जयन्ती रायमाझी, कोषाध्यक्षमा राजी बस्नेत, सहसचिवमा शुक्ला गोपली चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा अनिता बल, सृजना बिक, पबित्रा सिंह ठकुरी, अम्बिका केसी, सुशिला थिङ, रमिला घलान, सुशिला घलान, रमिता बिडारी, सबिता स्याङ्तान, तारा देबी गोपाली लगायत चयन भएका छन् । रिता कार्कीको सभाध्यक्षतामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरको दोस्रो सम्मेलनमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मेलनमा बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला समन्वय समिति सदस्य प्रमिला लामा, थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य सीता मगर, लक्ष्मी माझी, मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी पाख्रीन, माओबादी केन्द्र थाहा नगर कमिटि सदस्य इच्छा पुर्ण कार्की, मनोज कुमार अधिकारी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*