वीरगंजमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त सार्वजनिक
पर्सा । दुई वर्ष अगाडि वीरगंजमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको साविक रामगढवा गा.बि.स. वडा न. ८ हाल परिवर्तित वीरगंज महानगरपालिका-२४ बस्ने विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अंसारी रहेका छन् ।
२०७६ साउन २४ गते वीरगञ्जमा बम विस्फोट भएको थियो ।सोही घटनाका मुख्य अभियुक्त अंसारीलाई आज बिहान ४ बजे रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वीरगञ्जमा पटक पटक भएको विष्फोटको घटनाका मुख्य योजनाकार उनी नै भएको भन्ने खुल्नुका साथै नेपाली व्यापारीलाई धम्की दिने र फिरौती लिने जस्ता काम पनि अंसारीले गर्ने गरेको प्रहरीको भनाई छ ।
उनीविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन छ ।
२०७६ साउन २४ गते वीरगञ्जको बिर्ता बजार र साउन २८ गते घण्टाघर नजिकको तरकारी बजारमा सुतली बम पड्काएको घटनाका उनी योजनाकार रहेको प्रहरीको भनाइ छ ।







