मकवानपुरमा सोमबार थप १ कोरोना संक्रमितको मृत्यु

९ जना संक्रमित थपिँदा ३१ जना संक्रमणमुक्त
छहारी संवाददाता
२८ भाद्र २०७८, सोमबार १६:३३

मकवानपुरमा सोमबार थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या १६४ पुगेको छ ।

यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म जिल्लामा १५ हजार १७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले मकवानपुरमा ३ सय ३ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*