कैलाश गाउँपालिकाबाट हराएका ३ बालबालिका काठमाण्डौमा भेटिए

छहारी संवाददाता
२८ भाद्र २०७८, सोमबार १४:४०

कैलाश गाउँपालिकाबाट हराएका ३ बालबालिका काठमाण्डौमा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

आईतबार हिजो बिहान ९ बजे कैलाश गाउँपालिका वडा नम्बर –९ स्थित कालिका मावि जान हिडेका नामटारका ३ बालबालिका बेपत्ता भएका थिए । कैलाश गाउँपालिका ९ का १३ वर्षीय बोध बहादुर सुनार, ११ वर्षीया बाटुलि सुनार र १० वर्षीया सुष्मा योन्जन स्कुल ड्रेसमा बेपत्ता भएका थिए ।

हराएका तीनैजना गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित जोरपाटी छाहरी क्लब काठमाण्डौमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलिले आईतबार साँझ फेला पारेको जिप्रका मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*