प्रदेश २ सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

छहारी संवाददाता
भदौ २८, २०७८

जनकपुरधाम । प्रदेश २ सरकारलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्रीहरु प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमार्फत आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

उक्त स्वास्थ्य सामग्रीहरुमा २४ सय थान गाउन, २३ सय ३२ थान फेस शिल्ड, ८४ सय थान मास्क, १८ सय थान एन ९५ डिस्पोजेबल मास्क, २० थान डिजिटल थर्मोमिटर, १८ सय ९० थान प्रोटेक्टीभ फेस शिल्ड, २७६ पिस पिपिई मेडियम, २७६ पिस पिपिई लार्ज, ४ थान इमर्जेन्सी रिलिफ बेड, १ लाख थान ग्लोब्स, १५ हजार ३६० थान केएन ९५ प्रोटेक्टीभ मास्क रहेको छ ।

स्वासथ्य सामग्री हस्तान्तरण कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*