हेटौंडा १७ डिपोचौरमा स्लाब ढलानको शिलान्यास

छहारी संवाददाता
भदौ २८, २०७८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ डिपोचौरमा स्लाब ढलानको शिलान्यास गरिएको छ ।

कुल ६ लाख ६५ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की सडकको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडामा पछी थपीएका वडा र टोल टोलमा विकासका कामले गति लिएको बताउनुभयो ।

कच्चि सडकलाई पक्की गर्नका लागि उपमहानगरपालिकाले जोड दिएको उहाँले बताउनुभयो ।

साविकका वडाहरुमा सडक फराकिलो बनाउने, सडक पेटीमा फूलका विरुवा रोप्ने काम अगाडी वढाइए पनि पछी थपीएका वडामा सडक पक्की गर्ने कामलाई तिब्रता दिएको मेयर महतले बताउनुभयो । कार्यक्रममा हेटौंडा–१७ का वडा अध्यक्ष भैरब राइ, नेकपा एमालेका नेता कमल विष्ठ लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*