मकवानपुरमा ५० हजार बढीको कोरोना परिक्षण हुँदा १५ हजार ८ जनामा संक्रमण पुष्टि

पछील्लो साता संक्रमणदर निकै कम
छहारी संवाददाता
२८ भाद्र २०७८, सोमबार ०९:२१

मकवानपुरमा हाल सम्म ५० हजार ४ सय ५८ जनाको कोरोना परिक्षण गरिएको छ ।

जसमध्यमा १५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरमा कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमणदर बृद्धी भएपनि पछील्लो साता भने निकै घटेको छ ।

हिजो मकवानपुरमा मात्र एक जनामा संक्रमण पुष्टि भएको थियो । यद्यपी अहिले बजार, यातायातका साधन र बढी भिडभाड हुने कार्यालयहरु खुलेसंगै कोरोनाको संक्रमण दर बढ्ने चुनौती भने थपिएको छ ।

कोरोना संक्रमण दर घटेसंगै हेटौंडा अस्पतालको आइसोलेसनमा अहिले ६ जना संक्रमतिको उपचार भइरहेको छ । होम आइसोलेसनमा भने दुइ सय ७० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*