सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाउनु भएको छ ।
सभामुख सापकोटाले संसद्को कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नु भएको हो । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।
संसदको चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।






