हुण्डी कारोबारमा संलग्न एक जना वीरगंजबाट पक्राउ

छहारी संवाददाता
भदौ २७, २०७८

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगंजबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२ बस्ने ४३ वर्षिय महमद आसिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

आज प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा अंसारीले लगाएको हेल्मेटभित्रबाट श्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उक्त रकम बरामद गरी मोटरसाईकलसहित उनलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*