नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे चयन

छहारी संवाददाता
२७ भाद्र २०७८, आईतवार २०:१७

धादिङबाट निर्वाचित प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे नेपाल कम्युनिष्ट पार्टी एककीकृत समाजवादी (एस) बागमती प्रदेशसभा संसदीय दलको नेता चयन हुनु भएको छ ।

नेकपा एस केन्द्रीय सदस्य समेत रहनु भएका पाण्डेलाई आइतबार बागमती प्रदेशसभा परिसरमा बसेको पहिलो बैठकले संसदीय दलको नेता चयन गरेको हो।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पार्टीको विषयको पत्र पठाए लगत्तै बैठक बसेको हो । बैठकले संसदीय दलको विधान पास गर्नुका साथै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

नेकपा एसको बागमती प्रदेशसभामा १३ जना सांसद संख्या रहेको छ। एमालेका १३ सांंसदले नेकपा एस रोजेसंगै अष्टलक्ष्मी शाक्य नेतृत्व अल्पमतमा परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*