हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मुल्य घट्यो

छहारी संवाददाता
भदौ २७, २०७८

हप्ताको पहिलो दिन आइतबार सुन चाँदीकोमुल्य घटेको छ ।

सुनको मुल्य आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साताको अन्तिम दिन शुक्रवार सुनको मुल्य तोलामा ९० हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदीको मुल्य पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*