नेपाली नक्कली नोट कारोबारी पक्राउ

छहारी संवाददाता
भदौ २७, २०७८

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् ।

रौतहटमा पक्राउ परेका एक जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*