नेकपा एमाले मकवानपुर २०७५ जेठ २ गतेको अवस्थामा फर्कियो

छहारी संवाददाता
२६ भाद्र २०७८, शनिबार १७:२१

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मकवानपुर पुरानै संरचना अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ।

शनिवार हेटौंडामा तत्कालीन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो । बैठकमा बद्री लंसाल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, सचिवमा एकालाल श्रेष्ठ, उपसचिवमा लालबहादुर थापासहितको ३ सय २९ सदस्य जिल्ला कमिटीले आज सपथ ग्रहण गरेको छ ।

२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनो संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा आज बैठक बसेको हो ।

बैठकले ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ । बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबम बागमती प्रदेश सहइन्चार्ज निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, केन्द्रीय सदस्इ तथा जिल्ला इन्चार्ज रामेश्वर राना, सांसदहरु कृष्ण दाहाल, रामचन्द्र राई, एमाले बागमती सङ्गठन प्रमुख अनन्त पौडेल, संविधान सभा सदस्य सुबास चन्द्र ठकुरी, जिसस प्रमुख रघुनाथ खुलाल, एकराज उप्रेती, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अब पार्टीका पदाधिकारीको बैठकले सचिवालय निर्माण गर्ने र विभिन्न विभागहरु गठन गर्ने एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले बताउनुभयो । अब पार्टी एक ढिक्का भएर अगाडी बढेको उहाँको भनाई छ । जनपत्रबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*