मकवानपुरमा शनिवार २० जना कोरोना संक्रमित थपिए

छहारी संवाददाता
२६ भाद्र २०७८, शनिबार १४:४९

मकवानपुरमा शनिवार २० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । अहिले मकवानपुरमा ३३१ जना सक्रिय संक्रमित छन् ।

यसैबीच शनिवार २९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म जिल्लामा १५ हजार ७ जना संक्रमित भएकामा १४ हजार ५ सय १३ जना कोरोना मुक्त भएको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म मकवानपुरमा १६३ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*