मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ
बारा । प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ बस्ने २२ वर्षिय सुरज राम रहेका छन् ।
गत भदौ १६ गते बिहान २ बजेको समयमा प्रसौनी–४ खुटवा टोल स्थित महबुब मियाँ अंसारीको मोटरसाईकल घरको बरण्डाबाटै चोरी भएकोे थियो ।
उनको ना ३६ प ३०२५ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, बाराले ईलाका प्रहरी कार्यालयहरुलाई जिल्ला बाहिर जाने नाका समेत सिल गर्न भनेको थियो ।
चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्ति समेतलाई नियन्त्रणमा लिनका ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी–१ स्थित शिव पार्वती धर्मकट्टा नजिक चेकजाँच गर्ने क्रममा मोटरसाईकलसहित उनलाई पक्राउ गरेको हो ।
मोटरसाईकलसहित पक्राउ परेका उनीविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।







