पेस्तोलसहित २ जना पक्राउ
छहारी संवाददाता
भदौ १६, २०७८
बारा । प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षिय राजेश प्रसाद यादब र सोही स्थान बस्ने २० वर्षिय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।
प्राप्त गोप्य सूचनाको आधारमा मंगलबार तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ–६ स्थित विधायक होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले लुकाई राखेको म्याग्जिनसहित १ थान पेस्तोल र १ थान एक्स्ट्रा म्याग्जिन समेत फेला पारेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







