कोरोना अपडेटः २४ घण्टामा नयाँ संक्रमित भन्दा कोरोना जित्नेको संख्या धेरै

छहारी संवाददाता
भदौ १३, २०७८

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ८५७ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा अवधिमा ९ हजार ४०९ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ५१६ जना र तीन हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २२२ जनाले कोरोना जितेका छन् । २४ घण्टामा कोरोनाका कारण देशभरबाट २७ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*