श्रोत नखुलेको ६ लाख रकमसहित वीरगंजबाट एक जना पक्राउ
छहारी संवाददाता
भदौ १२, २०७८
पर्सा । प्रहरीले हुण्डी कारोबार गर्ने एक जनालाई ६ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१ बस्ने ६० वर्षिय स्वामीनाथ प्रसाद साह तेली रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
शुक्रबार प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा स्वामीनाथले लगाएको पाईन्टको अगाडि पट्टीको खल्तीबाट श्रोत नखुलेको उक्त रकम फेला परेको हो । उक्त रकम र मोटरसाईकलसहित उनलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







