लागुऔषधसहित वीरगञ्जमा एक जना पक्राउ

छहारी संवाददाता
भदौ १२, २०७८

पर्सा । लागुऔषधसहित पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी बंजरिया गाउँपालिका–१ बस्ने ४० वर्षिय अनिल भर चौधरी रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट नियमित चेकिङमा खटिएको टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारीसाधनहरू जाँच गर्ने क्रममा ना.८ प ५८९३ नम्बरको मोटरसाइकल चढेर आएका उनले बोकेको झोला चेकजाँच गर्दा फेर्नागन, नुर्फिन र डाईजेपाम १/१ सय गरि ३ सय एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषध तथा मोटरसाईकलसहित उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*