१५ वर्षीय बालिकालाई करणी गर्ने एक जना पक्राउ
छहारी संवाददाता
भदौ १२, २०७८
बारा । प्रहरीले १५ वर्षीय बालिकालाई करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल बस्ने २१ वर्षिय सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा साहलाई बिहीबार पक्राउ गरिएको हो । उनीमाथि जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







