एसीड पीडित आरती साहलाई आर्थिक सहयोग
जनकपुरधाम । एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।
गत कात्तिक १९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।







